मान्छेका रुची पनि कति विचित्रका ? कतिलाई के को रन्को, घरज्वाइँलाई खानकै रन्को भन्ने उखान झैँ बेलायतको एक परिवारका महिलाहरुलाई आफ्ना स्तन ठूला पार्नकै ध्याउन्न रहेछ । उक्त परिवारका ५ आमाछोरीले १३ चोटी शल्यक्रिया गरी आफ्ना स्तन बढाएर झण्डै घैँटाजत्रा बनाएका छन् ।

च्यान्टल मार्शल र उनका ४ जना तरुनी छोरीहरुमा आफ्ना बुबु बढाउने नशा नै चढेको छ ।

यी महिलाहरु बेलायतमा अहिलेसम्मकै धेरैचोटी ब्रेष्ट इम्प्लान्ट सर्जरी गर्ने महिला बनेका छन् ।

५३ वर्षकी आमा च्यान्टलले बुबु बढाएर ३२ जीजी साइजका बनाएकी छिन् ।

जेठी छोरी ३० वर्षकी एम्माका बुबु पनि आमाका जत्रै भएका छन् ।

माइली २७ वर्षीया टेरी, साहिँली २६ वर्षीया टारा तथा काइँली २१ वर्षीया रिप्लेका वक्षस्थल पनि एक से एक बडेमाका छन् ।

यी आमाछोरी सबैले गरेर जम्माजम्मी १३ पटक बुबु बढाउने शल्यक्रिया गरेका छन् र करीब ३ लिटर सिलिकन आफ्नो स्तनभित्र कोचिसकेका छन् ।

उक्त परिवारमा रहेका ५ आमाछोरीले करबलले छातिको भारलाई बढाइरहेका छन् ।

सो परिवारकी कान्छी छोरी बि्रटनीका वक्षस्थल मात्र ठिक्कका छन् ।

अहिले स्कुल पढ्ने उमेरकी रहेकी बि्रटनीलाई पनि १८ वर्षकी भएपछि बुबु बढाउने शल्यक्रिया गराउने धोको छ आमा च्यान्टलको ।